अछाम,फागुन २० गते ।
अछामको बान्निगढी जयगढ गाउँपालिकालाई मंगलबार साक्षर तथा छाउगोठमुक्त गाउँपालिका घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समुहका ९६ प्रतिशत साक्षर तथा महिनावारी हुने महिला तथा किशोरी सुरक्षित रुपमा घरमा बस्न थालेपछि सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लले आज एक कार्यक्रमका बिच साक्षर तथा छाउगोठमुक्त गाउपालिका घोषणा गर्नुभएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मल्लले सामाजिक कुरुतिका विरुद्ध सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उनले समाजमा विधमा रुपमा जरा गाडेर रहेका सामाजिक कुरुति कुसंस्कारको अन्त्य गर्नका लागि सवैभन्दा पहिले समाज शिक्षित हुन आवश्यक भएको बताए । साथै उनले नागरिक साक्षर भएमा मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले राज्यले बनाएको कानुन कार्यान्वयन गर्दै समाजमा रहेका कुसंस्कार कुरुतिका विरुद्ध सबै लाग्नु पर्नेमा बताए । उनले स्थानीय तहले कुसंस्कार कुरुतिका विरुद्ध जनचेतना मुलक कार्यक्रम निरन्तर रुपमा गर्नु पर्ने बताएका छन् ।
१५ देखि ६० वर्ष उमेर समुहका गाउँपालिकाका १ हजार २ सय २७ जना निरक्षर रहेकोमा ८ सय २७ जना साक्षर भएपछि गाउँपालिकालाई साक्षर गाउपालिका घोषणा गरिएको वान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो । नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि जम्मा १२ ओटा सुचक निर्धारण गरेको छ । जसमा ६ ओटा सुचक पुरा गरेमा गाउँ तथा नगर साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ । सो सुचक गाउँपालिकाले पुरा गरेकाले पालिकालाई साक्षरता पालिका घोषणा गरीएकोे अध्यक्ष खड्काले बताए ।
साक्षरताको लागि १५ देखि ६० वर्षसम्मको जनसंख्याले राष्ट्रभाष वा मातृभाषका वर्ण÷अक्षरको पढाई लेखाई, नेपाली वा मातृभाष लेखिएका मुल्यसुची र बिलको पढाई, मोबाइल र क्याल्कुलेटरका अंक चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक अक्षर लेख्न, पढन सक्ने, आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, वैकं भौचर भराइ र चेकमा हस्ताक्षर लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षरमा घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।
यस्तै बान्निगढी जयगढ गाउँपालिकामा वडा नं १ देखि ६ का ५ सय ७६ छाउगोठ भत्काएर महिनावारी हुने महिला तथा किशोरी सुरक्षित रुपमा घरमा बस्न थालेपछि छाउँगोठमुक्त वडा पनि घोषणा गरिएको अध्यक्ष खड्काले बताए । वडा नं १ गाँज्रामा ४५, वडा नं २ जनालिकोटमा ४९, वडा नं ३ बर्दादेबिमा १७७, वडा नं ४ मा तिमिल्सैनमा १ सय १५, वडा नं ५ कालिकामा १ सय १२ र वडा नं ६ दर्नाका ७८ छाउगोठ भत्काईको उहाँको भनाई रहेको छ ।
छाउँगोठमुक्त घोषणा कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, नेकपाका नेता नवराज साउद, नेपाली काँग्रेशका नेता चन्द्र सिंह लुहार, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालका प्रहरी नायव उपरिक्षक दिपक भारती, जिल्ला शिक्षा समन्वय अधिकारी लक्ष्मण गिरी अभियानलाई प्रभावकारी कार्यान्वनको अनुगमगनलाई जारी राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
बान्निगढी जयगढ गाउँपालिका वडा नं ३ का अध्यक्ष कुलबहादुर सेठ्ठिको स्वागत मन्तव्यबाट सूरु भएको सो कार्यक्रमको सञ्चालन बान्निगढी जयगढ गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले गर्नुभएको थियो