मदिराको मातमा आफ्नै दाजुको हत्या गर्ने भाइ पक्राउ


ओखलढुङा । कुटपिट गरी आफ्नै दाजुको हत्या गरेको अभियोगमा सुनकोशी गाउँपालिका–२ टाकिटार बस्ने २९ वर्षीय श्याम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति अभियुक्त तामाङ र ३० बर्षीय दाजु दुर्षधन तामाङ बीच मादक पदार्थ सेवन गरी विवाद भएको थियो । विवादका क्रममा भाइले दाजुलाई कुटपिट गर्दा उनको घटना स्थलमै ज्यान गएको थियो।

हत्याको जानकारी पाएलगत्तै घटना स्थल पुगेको प्रहरीले मृतकका भाइ श्यामलाई पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार