मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

  झझल्को सम्वाददाता  105 पटक हेरिएको

काठमाडौँ,फागुन १९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा पुगेका छन् । उनी सोमबार साँझ ६:१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि विसं ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनलाई पहिलोपटक भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् ।

यस्तै, प्रधानमन्त्री ओलीलाई दोस्रोपटक ३२ वर्षीय भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् । मिर्गौला दान गर्नका लागि समीक्षा दिउँसो ३ बजे त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।

मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि पुनस् समस्या देखिएसँगै प्रधानमन्त्री ओलीले गत कार्त्तिकयता नियमित डाइलासिस गराउँदै आएका थिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न पाउनु गौरवको कुरा भएको बताए । मिर्गौला प्रत्यारोपण गर्न करिब चार घण्टा लाग्ने र प्रत्यारोपणपछि ५/६ दिनमा प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने जानकारी दिए ।

उनको बुधबार ६ जना चिकित्सकीय टोलीले मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । जसमा डा.दिव्या सिंह, डा. दिलिप शर्मा, डा. प्रेम राज ज्ञवाली, डा.उत्तम शर्मा, डा.पवन चालिसे र भारतीय डा.अनन्त कुमार रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई अस्पतालमको मुख्य भवनको ुएनेक्स टुुको बेड नम्बर ६०१ मा भर्ना गरी राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार