पोखरामा समाजबादी विद्यार्थी युनियनद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

  झझल्को संवाददाता : राजन साउद  234 पटक हेरिएको

पोखरा,फागुन १९ गते ।
समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। समाजबादी विद्यार्थी युनियनले सोमबार पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।

सोमबार विहान पोखराको पृथ्वीनारायण क्याम्पसमा समाजबादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईको नेतृत्वमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

उक्त कार्यक्रममा समाजबादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईले अहिलेको दुई तिहाईको केपि सरकार काण्डैकाण्डको सरकार भएको आरोप लगाएका छन । उनले सुखी नेपाली समृद्ध नेपालको नारालगाई जनतालाई दुख मात्र दिएको बताए ।

उनले विद्यार्थीले पढने किताव आयातमा कर सह्य नभएकोले तत्काल बन्द गर्न र अहिले विकास करको नाममा लगाएको १० प्रतिशत कर नलगाउन समेत चेतावनी दिएका छन् । भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै संरक्षण गरेको आरोप विद्यार्थीको छ।

यस्तै समाजबादीका केन्द्रिय सदस्य बिशाल तिमिल्सैनाले विद्यार्थीले पढ्न पाउने अधिकार माथि करलगाई पढनबाट बन्चीत गर्न खोजेकाले आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको बताएका छन । उनले प्रधानमन्त्रीको पत्ला जलाएर एउटा नया विद्रोहको सुरुवात समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पसबाट गरेको बताएका छन् ।

पुत्ला जलाउँदै विद्यार्थीले अर्थमन्त्री युवराज खतिवडाविरूद्ध पनि नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार