प्रचण्डमाथि जुत्ता प्रहार !

  झझल्को सम्वाददाता  45 पटक हेरिएको

काठमाडौँ,फागुन १८ गते ।
पुर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ ।

आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा पुर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म नपुगेको बताइएको छ ।

जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुत्ता प्रहार गर्ने उनि जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका उनि मोहन तिरुवाका छोरा हुन् । उनका बुबा ०५६ ५७ मा राज्यपक्षबाट मारिएका थिए । उनी हाल काठमाडौंको डल्लुमा बस्दै आएको र लोकसेवा आयोगको परीक्षाका लागि तयारी गरिरहेका थिए ।

युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार