वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

  झझल्को सम्वाददाता  572 पटक हेरिएको

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो ।

यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । ०७४ मा प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट तत्कालीन वामगठबन्धनबाट उम्मेदवार बनेका गौतम पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार