क्रान्तिकारीद्धारा फागुन १४ गते देशभर आम शैक्षिक हड्ताल : सफल पार्न क्रान्तिकारी कास्कीको अपिल (विज्ञप्ति सहित)

  झझल्को सम्वाददाता  487 पटक हेरिएको

पोखरा,फागुन १३ गते ।
नेत्र विक्रम चन्द विप्लव निकट अखिल (क्रान्तिकारी) कास्कीले भोली फागुन १४ गते आम शैक्षिक हड्ताल सफल पार्न शैक्षिक संस्थाहरुलाई अपिल गरेको छ ।

आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन बिक लगाएत देशभरमा सरकारले गैर न्यायिक रुपमा गरेका गिरफ्तारी विरुद्ध क्रान्तिकारीले देशभर शैक्षि हड्तालको घोषण गरे अनुरूप फागुन १४ मा कास्की जिल्लाका सम्पूर्ण शैक्षिक जिल्लाका सामुदायिक तथा निजी शैक्षिक सस्थाहरु बन्द गरी हड्ताल सफल पार्न जिल्ला अध्यक्ष प्रकाश बास्तोलाले हस्ताक्षरित बिज्ञप्ती मार्फत आम सरोेकारवालालाई अपिल गरेका छन् ।

क्रान्तिकारीले लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्ति:-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार