सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

  झझल्को सम्वाददाता  1060 पटक हेरिएको

 

८ फागुन, काठमाडौं ।

सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो भाइरल भए पछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन् ।

अडियो भाइरल भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको थियो भने प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको थियो ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए ।

उनले भने,‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

बैठकमा काँग्रेस सांसदले अवरोध जारी राखेकाले प्रतिनिधि सभा बैठक फागुन १३ गतेको १ बजे सम्मको लागि स्थगित गरिएको छ ।

यस अघि स्वीस कम्पनीका एजेन्ट भनिएका विजय प्रकाश मिश्र शर्मासँग सञ्चारमन्त्री बाँस्कोटाले गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार