अछाम कारागारमा कैद भुक्तानी गरिरहेका विकको रहस्यमय मृत्यु

  झझल्को सम्वाददाता  403 पटक हेरिएको

६ फागुन,अछाम ।
जिल्ला कारागार अछाममा एक जना कैद भुक्तानी गरिरहेका युवक मृत अवस्थामा फेला परेका छन । जिल्लाको पञ्चदेवल नगरपालिका  ६ तोलिका ४२ वर्षिय जितेन्द्र बिक सुतिरहेको अवस्थामा मृत भेटिएका हुन ।

वि.क २०६६ भाद्र महिनामा कतव्य ज्यान मार्ने मुद्धामा जेल चलान भएका थिए । १० बर्ष ६ महिना जेल सजाय भोगेका विक जेल मुत्त हुने अवस्थामा रहेका थिए ।

उनलाई जेलमुत्त गराउन सिफारीस भैरहेका बेला आज बिहान मृत अवस्थामा भेटीएको जिल्ला प्रहरी नायव उपरीक्षक डिएसपि दिपक भारतिले जानकारी द्रिएका छन् ।

बिकको के कति कारणले मृत्यु भएको हो भन्ने बारेमा पोष्टमाटम रिर्पोट पछि मात्र भन्न सकिने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार