पोखरामा खस आर्य संग्राहलयको शिलन्यास

  झझल्को सम्वाददाता  282 पटक हेरिएको

पोखरामा खस आर्य संग्राहलयको निमार्ण कार्यको शुरुवात भएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण शुरु गर्न लगिएको संग्राहलय शिलन्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले गरेका छन्।

सो अवसरमा मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने र यसमा कुनै राजनितिक रुपमा नलिई संघीयतालाई मजबुत बनाउनुपर्ने बताए । साथैँ उनले आदीवासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना बुझन्न सबै जातीले जिम्मेवारी लिनुपर्ने बताए ।

पूर्व मन्त्री एवं प्रदेश सासंद कुमार खड्काले जातिय सद्भावका लागि खस आर्य संग्राहलय महत्वपूर्ण हुने बताए । प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने सबैको सहभागीता रहने संग्राहलय निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेश सांसद बिन्दु कुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताए ।

त्यस्तै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले संग्राहलय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए ।

निर्माण समितिका अध्यक्ष प्रेम बहादुर जि.सी.ले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी १ वर्ष भित्र ७ करोडको लागतमा पूर्ण रुपमा संचालन गर्ने योजना रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट संग्राहलय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मीला खड्का, सचिव पदम बहादुर कार्की, पण्डित सोमनाथ सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार