झुप्री भण्डारीको संसार रुवाउने गित ‘सम्झी रुना रुना’ सार्वजनिक हेर्नुहोस् (भिडियो)

  झझल्को सम्वाददाता  688 पटक हेरिएको

‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक गरिएको हो ।

यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

भिडियोमा झुप्रीलाई पनि देख्न सकिन्छ भने उनको परिवार पनि देखाइएको छ । भिडियोमा झुप्रीका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ ।

विनोद याक्खा र विरेन तितुङ खिचेको भिडियोलाई वरुण रिजाल र कमल सङ्घर्षले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार