कोरोना भाइरसका बिरामी अस्पतालमै नाच्न थाले पछि…(भिडियो हेर्नुहोस्)

  झझल्को सम्वाददाता  831 पटक हेरिएको

कोरोना भाइरसबाट संक्रमित बिरामीहरु अस्पतालमै नाच्न थालेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार बिरामीहरु नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन्।

चिकित्सकहरुले पनि बिरामीको यो गतिविधिले आत्मबल बढाउन उत्प्रेरणा मिल्ने बताएका छन्। चिकित्सकहरुले बिरामीमा हुन सक्ने मानसिक असरलाई कम गर्न नाचगान तथा पुस्तकहरु पढेर आफूलाई तनावमुक्त गर्न आग्रह गरेका छन्।

उपचारपछि खतरामुक्त भई वार्डमा सारिएका बिरामी र विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु एक आपसमा नाच्दै, हँसीमजाक गरेर रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन उत्साहित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार