चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षमा अरुण गिरी निर्वाचित

  झझल्को सम्वाददाता  198 पटक हेरिएको

पोखरा,माघ २८ गते ।
चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

गिरीले निकटतम प्रतिद्धन्धि राजाराम पौडेललाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध चयन भए । सचिवमा प्रभु अधिकारी सुशन घिमिरेलाई पछाडी पार्दै चयन भएका हुन् । सह सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भएका छन् ।

संघको सदस्यहरुमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी(अर्पण) , बिनिता सुनार निर्विरोध चयन भएका हुन् । केन्द्रिय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभूवन पौडेलको संयोजनमा रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार