काठमाडौँ,माघ २५ गते ।
हिमाली क्षेत्रको प्रेम कथा समेटिएको फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरेको छ ।
फिल्म ‘मन्त्र’ को निर्देशन खिल बहादुर गुरुङले गरेका छन् । जसमा सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह –निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा र शुभ श्रेष्ठ छन्।
फिल्मको कथा साम्तेन भुटियाले लेखेको फिल्ममा हिमाली क्षेत्रको प्रेम कथा समेटिएको छ । फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ। फिल्मलाई सञ्जय लामाले छायाङ्कन गरेका छन्, भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।
सौगात र दियासंगै बुद्धि तामाङ, नमिता घिसिङ, वीर बहादुर लामालगायतका कलाकारहरूले अभिनय गरेको फिल्म आगामी नयाँ वर्षमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।