पोखरा हस्पिटलका प्रवन्धक निर्देशक कोइराला विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा

  झझल्को सम्वाददाता  2524 पटक हेरिएको

पोखरा,माघ २४ गते ।
पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइराला  जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएको छ ।

पोखरा ईन्द्रचोकमा रहेको पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइलारा विरुद्ध सोहि हस्पिटलको मातहतमा भाडामा सञ्चालित रहेको समानान्तर फार्मेसीका संचालक दुर्गा प्रसाद काफ्लेले घर बहालबाट उठ्न नपर्ने गरी पाउँ भनि उनि विरुद्ध मुद्धा हालेका हुन ।

उनले विगत ७३ साल देखि समान्तर फार्मेसी संचालन गर्दै आएको र जग्गाधनी विच भएको सम्झौता अनुसार २०७३ साल भाद्र १ गते देखि २०७८ साल श्रावण मसान्त सम्म कायम रहने गरी सम्झौता भएको बताएका छन ।

साथै यस करार अवधिभित्र दोस्रो पक्षलाई प्रथम पक्षले हटाउन पाउने छैन र दोस्रो पक्षले पनि जग्गा छाड्न पाउने छैन भनी स्पष्ट लेखेको भएता पनि एकाएक घरधनी नआई हस्पिटलका प्र. निर्देशकले ३५ दिन भित्रमा सटर छोड्न भनि पत्रचार गरेकाले करार भएको मितिले ५ वर्षसम्म भाडा दिने गरी जग्गामा बनाएको सटरमा संचालन गरेको समान्तर फार्मेसी पसलबाट उठ्न नपर्ने गरि पाउँ भनि जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता गराएका छन् ।

तर पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले भने हस्पिटलको मातहतमा भाडामा संचालित समानान्तर फार्मेसीले हस्पिटललाई तिर्नुपर्ने मासिक भाडा समयमा नतिरेको साथै विभिन्न मिति तथा समयमा बारम्बार मौखिक तथा पत्र मार्फत ताकेता गराउँदा पनि बक्यौता रकम नतिरी वेवास्ता गर्दै आएको हुँदा आजकै मितिले ३५ दिन भित्रमा सो मिति सम्मको भाडा बुझाई अस्पतालको सामान एथास्थितिमा राखी फार्मेसी खाली गर्न भनिएको छ । साथै खाली नगरे कानुन बमोजिम जाने समेत उक्त पत्रमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार