ह्यारी केनले पछि पारे मेस्सी र रोनाल्डोलाई


एजेन्सी । पछिल्लो समय प्रिमियर लिगमा उच्च फर्ममा रहेका छन् टोटनह्यामका स्टाइकर ह्यारी केन ।

लगातार दुई खेलमा दुई ह्याट्रिक गरेका उनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्दै नयाँ प्रिमियर लिग रेकर्ड बनाएउन सफल भएका छन् ।

उनले यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड समेत बनाएका छन् ।

न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले सन् १९९५ मा ४२ खेलमा ३६ गोल गरेका थिए । उक्त रेकर्ड तोड्न समेत ह्यारी केन सफल भएका छन् । उनले उक्त रेकर्ड तोड्दै गोल संख्या ३९ पुर्याएका छन् ।

उनले विश्वका चर्चित स्टार लियोनल मेस्सी, रोनाल्डोलाई समेत पछि पारेका छन् ।

उनले यस वर्ष सबै प्रतियोगितामा गरेर ५६ गोल गरेका छन् । लियोनल मेस्सीको ५४ गोल रहेको छ भने क्रिस्टियानो रोनाल्डोको यस वर्ष ५३ गोल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार