बालुवाटारमा प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, सारङ्गी रेटेर साँथ दिदै नेपाल र खनाल

  झझल्को न्युज डेस्क  274 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेताहरुले रमाइलो गरेका तस्बिर सार्वजनिक अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी र झलनाथ खनाल र माधव नेपालले सारङ्गी बजाएका छन् ।

कार्यक्रममा प्रम ओलीले बाँसुरी र सारङ्गी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले ओलीलाई साथ दिँदै सारङ्गी बजाएका तस्बिरमा देख्न सकिन्छ ।

नेकपा को बैठकपछि नेताहरू केन्द्रीकृत गर्न प्रधानमन्त्रीले निवासमा रात्रि भोजको आयोजना गरेका थिए । उक्त रमाइलो पलको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा हालेका छन् ।

कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार