बेरोजगार भत्ता चाहियो-विद्यार्थी युवाहरु भन्छन्


तुलसीपुर । युवाहरुलाई बेरोजगार भत्ता दिनका लागि सरकारले पहल गर्नुपर्नेमा युवा बिद्यार्थीहरुले जोड दिएका छन् । दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा बिद्यार्थीहरुले समाजमा बेरोजगारका समस्या सम्वोधन गर्न नसकेका कारणले आपराधिक घटना बढेको बताउँदै बेरोजगार भत्ताको व्यवस्था गरेमा युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने बताए । ‘बेरोजगार भत्ताले युवाहरुलाई सामाजिक दायित्व बाेध गराउनुका साथै देश विकासमा अगाडि बढ्न समेत प्रेरित गर्छ,’ उनीहरुले भने ।

उनीहरुले पुर्ण रोजगारी सम्भव नभएकाले युवाहरुलाई भत्ता दिएर सामाजिक काममा लगाउनुपर्ने सुझाव समेत दिएका थिए । स्टुडेन्ट क्वालिटी सर्कलले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार