स्वबियू चुनाव : सहज बाताबरण बनाउन बिप्लव निकट अखिल क्रान्तिकारीले बुझायो क्याम्पस प्रशासनलाई ज्ञापनपत्र !

स्ववियु चुनाव गरिएको खण्डमा बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतावनी

  झझल्को सम्वाददाता  686 पटक हेरिएको

माघ १५, पोखरा ।
स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर सरकार बाट प्रतिबन्धीत नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) पृथ्वीनारायाण क्याम्पस जिल्ला समितिले क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।

त्रिविले घोषणा गरेको स्ववियु चुनाव प्रति अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको बताउदै बुधबार अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्ला समितीले स्वबियु चुनावमा सहज बाताबरण बनाउन क्याम्पस प्रशाशन समक्ष ज्ञापनपत्र बुझाएको हो । आफ्नो संगठनमाथि सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाएर घोषणा गरिएको चुनावको कुनै औचित्य नरहेको समेत अखिल क्रान्तिकारीले बताएको छ ।

जनपक्षीय शिक्षाको एजेण्डा सहित आम बिध्यार्थीको बिचमा अगाडि बड्दै गर्दा बर्तमान राज्यसत्ताले बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई समेत कुण्ठित गर्दै कुनै राजनैतिक बिचारमा सहमत भएकै कारण प्रतिबन्ध लगाईनु साथै शैक्षिक तथा बैचारिक संघर्ष गर्ने थलो स्वबियुको निर्वाचमा सहज बाताबरण नहुनु गलत रहेको भन्दै आगामी स्वबियु चुनावमा सहभागीताका लागि सहज र उचित बाताबरण सृजना गर्न माग सहित क्याम्पस प्रशाशनलाई ज्ञापनपत्र बुझाईएको पिएन क्याम्पस जिल्ला समितीका अध्यक्ष प्रकाश बस्तोलाले बताउनु भयो ।

यदि स्वबियु चुनावमा सहभागीताका लागि सहज र उचित बाताबरण सृजना नगरि स्ववियु चुनाव गरिएको खण्डमा बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतावनी समेत दिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार