गायिका आस्था राउत पक्राउ

  झझल्को सम्वाददाता  225 पटक हेरिएको

पोखरा, माघ १३ गते ।
गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी पक्राउ परेकी हुन् ।

परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला उनलाइ पक्राउ गरिएको हो । आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान ल्याएपछि नियन्त्रणमा लिइएको बताइएको छ ।

उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ। प्रहरीले उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा लचिलो बन्ने संकेत दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार