नेपालमा नै पहिलो पटक हुन लागेको बृहत विज्ञान प्रदर्शनी पोखरामा हुँदै

प्रदर्शनीमा बालबालिकाहरुलाई उच्च प्रविधिका प्रणाली र अन्तरक्रियात्मक अनुभव प्रदान गरिने

  झझल्को संवाददाता : राजन साउद  218 पटक हेरिएको

 

१२ माघ, पोखरा ।
नेपालमा नै पहिलो पटक हुन लागेको बृहत विज्ञान प्रर्दशनीको सुरुवात पोखरामा हुने भएको छ । सिमुलेसन साईन्स सेन्टर,भौसेपाटी ललितपुरको आयोजनामा यहि माघ १५ गते देखि २९ गतेसम्म पोखरा सभागृहमा आयोजना हुने भएको हो ।

आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिमुलेसन साईन्स सेन्टरकी निर्देशक प्रतिक्षा थापाले प्रदर्शनीबाट बालबालिकाहरुलाई उच्च प्रविधिका प्रणाली र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नुका साथै उनीहरुलाई भविष्यमा विज्ञानमा उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागेको बताएकी छन् ।

उक्त प्रदर्शनीमा विद्याथीहरुले रोबोटिक,फिजिक्स,बायोलोजी,एस्टोनोमी जीयोलोजी,भि आर पद्धतीसँग सम्बन्धित प्रयोगमा प्रत्यक्ष सहभागी भएर अनुभव गर्न पाउने छन् , साथै प्रर्दशनमा इञ्जिनियर तथा यान्त्रिक विज्ञान,भौतिकशास्त्र, रोबोटिकका विज्ञद्धारा सञ्चालन हुने भएकाले प्रदर्शनीले भविष्यमा विज्ञान तथा प्रविधी शाखाहरका लागि नयाँ आयाम दिने कुरामा आयोजक पुर्ण विश्वस्त रहेको उनले बताईन् ।

नेपालमा विज्ञानसम्बधी पाठ्यक्रममा हाल अध्ययन हुदँ आएको कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित विज्ञान,ज्ञान र सिपलाई मध्यनजर राख्दै विद्यार्थीलाई कक्षामा पढाएको विषयबस्तु बेग्लै प्रत्यक्ष अवलोकन गराउने पद्दतिलाई सिमलेसन साइन्स सेन्टरले नयाँ आयाम थप गरेको आयोजकले बताए ।

प्रदर्शनीमा सौर्यमण्डल,तारा नक्षय बास्तवमा ब्राह्मण्डको व्यापक अध्ययनलाई भि आर पद्दतिबाट सजिलो र सरल तरिकाले विद्यार्थीलाई बुझाउन २ हजार भन्दाबढी कार्यक्रम समावेश गरिएको छ ।

गणित र विज्ञानको समिश्रणबाट विद्यार्थीले गणित र विज्ञानको संयोजनद्धारा इञ्जिनियरिङ क्षेत्रमा हालसम्म भएका र भविष्यमा यस क्षेत्रलाई व्यापक बनाउने पद्दति जसबाट विद्यार्थीले गणित विज्ञानको संयोजनद्धारा इञ्जिनियरिङ क्षेत्रमा पुर्‍याउन सक्ने सार्थकतालाई टेवा दिन सक्ने सिपमुलक, प्रयोगात्मक र विवेचना छलफलबाट ज्ञान दिनु नै मुख्य उद्देश्य रहेको आयोजकले बताए ।

प्रदर्शनीलाई सभ्य र भव्यरुपमा सफल बनाउन निजी शैक्षिक संस्थाका छाता संगठन हिसान,प्याव्सन,एन प्याव्सन,युनिप्स,मन्टेश्वरी एशोसियसनहरुका मातहतका वोडिङ्ग स्कुलहरुका विद्यार्थीहरुको सहभागिता रहने छ ।

बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहने  प्रदर्शनिमा निजि विद्यालयका विद्यार्थीलाई प्रवेश शुल्क रु १ सय ५० रहेको छ , भने सरकारी विद्यालयका विद्यार्थीहरुलाई ५० प्रतिशत छुट रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार