१२ माघ, पोखरा ।
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ ६ हजार रुपैया धरौटीमा रिहाई भएका छन । जिल्ला प्रशासन कार्यालय कास्कीले आईतबार सांसद मनाङेलाई फागुन १३ गते हाजिर हुने गरी ६ हजार रुपैया धरौटीमा छाडेको हो ।
एन्फा कास्की अध्यक्ष माथि कुटपिट गरेको उजुरी परेपछि मनाङेलाई कास्की प्रहरीले माघ ९ गते बिहिवार लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको थियोे ।
बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए । यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।
मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै प्रदेश सांसद मनाङेले झापड हानेका थिए ।
यस्तै मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला झापड खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते शुत्रबार प्रहरीले पक्राउ गरिएको थियो । मिलनलाई भने ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।
मिलन गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।