बर्दिबासमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको सबै वडामा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भएको छ । नगरपालिकाका अनुसार यसै बर्षबाट लागु हुने बिमा कार्यक्रमअन्तर्गत दर्ता सहयोगी छनोटको लागि आवेदन खोलिएको छ ।

प्याकेजमा सेवा दिनेगरी बिमा कार्यक्रम आएको बर्दिबास नगपालिकाका स्वास्थ्य संयोजक महेन्द्र साहले जानकारी दिए । मुख्यगरी न्यूनतम पाँच जनाको परिवारले दुई हजार ५ सय तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
पाँच भन्दा माथि प्रतिव्यक्ति रु ४२५ थपे बिमा कार्यक्रममा सरिक हुन पाइनेछ । तर पाँच जनाभन्दा कम भएका परिवारले पनि रु दुई हजार ५०० नै तिर्नुपर्ने र

सदस्य भएकाले वर्षभरि बर्दिबास अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने साहले जानकारी दिए । यसको अवधि एक वर्षको हुनेछ । एक वर्षलाई प्याकेजमा सेवा लिन पाइने छ, साहले भने, सिटी स्क्यान, एमआरआई लगायत ठूला प्रकृतिका उपचार बिमामा समावेश छैन, डाइग्नोसिसका कार्यक्रमहरु यसमा छन् ।

जटिल प्रकारका रोगको उपचार बिमाभित्र नपरेपनि साधारण उपचार र रोग पत्ता लगाउनेखालका परीक्षणहरु बिमामार्फत हुने जनाइएको छ । बर्दिबासमा दर्ता सहयोगीको छनोट हुनेबित्तिक नामावली दर्ता सुरु हुने र नामावली दर्ता भएको तीन महिनापछि बिमा कार्यक्रम कार्यान्वयनमा आउने बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष चुडामणी पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार