एमसीसीको विरुद्ध डडेल्धुरामा राँके जुलुस प्रर्दशन

  झझल्को सम्वाददाता  530 पटक हेरिएको

डडेल्धुरा, माघ ८ गते ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै डडेल्धुरामा राँके जुलुस सहितको प्रर्दशन गरेका छन् ।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसीको एजेण्डा अगाडि सारेको भन्दै डडेल्धुराका युवाहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका हुन् ।

एमसीसी सम्झौता नेपालको स्वाधीनताको विरुद्धमा भएको र यो पुर्णरुपमा राष्ट्रघाती भएकोले राके जुलुस सहितको प्रर्दशन गरेको प्रर्दशनमा सहभागी युवा श्याम ओलीले बताएका छन् ।

उनले संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार