बलिउडका सबैभन्दा महँगा कलाकार सलमान खान


काठमाडौं । अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् ।

फोर्ब्स म्यागजिनले बलिउड क्षेत्रका सन् २०१७ का महँगा कलाकारहरूबारे गरेको एक अनुसन्धानमा सलमानले सबै बलिउडकर्मीको भन्दा बढी कमाइ गरेको देखिएको छ । फोर्ब्स म्यागजिनको तथ्यांक अनुसार सन २०१७ मा सलमानले दुई सय ३२ करोड भारतीय रुपैयाँ आर्जन गरेका छन् ।

त्यस्तै सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको सूचीमा शाहरुख खान परेका छन् । उनले १ सय ७० करोड भारतीय रुपैयाँ आर्जन गरेका छन् । शाहरुखलाई पछयाएर सर्वाधिक कमाइ गर्ने तेस्रो व्यक्तिमा परेका छन् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली । उनले सय करोड भारतीय रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

त्यसपछी क्रमश अक्षय कुमार, सचिन तेन्दुलकर, आमिर खान, प्रियंका चोपडा, महेन्द्र सिंह धोनी, हृतिक रोशन र रणवीर सिंह छन् । आमिर खान यस सूचीमा छैठौं नम्बरमा छन् भने सातौँ नम्बरमा प्रियंका छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार