यस्तो हुनेछ आजको मौसम ; पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना !

  झझल्को सम्वाददाता  78 पटक हेरिएको

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आज सामान्य रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो ।

पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।

यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ।

राति भने देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार