सोनाम ल्होसार बिदाको माग गर्दै मुख्यमन्त्री गुरुङ समक्ष तामाङ घेदुङले बुझायो ज्ञापन पत्र

  झझल्को न्युज डेस्क  136 पटक हेरिएको

पोखरा,माघ ६ गते ।
नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश कार्य समितीले सोनाम ल्होसार बिदाको माग गर्दै आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाइको छ । आगामी माघ १० गते तामाङ समुदायले मनाउने सोनाम ल्होसार रहेको छ ।

नेपालको संबिधान २०७२ को भाग ३ मा मौलीक हक र कर्तव्यको ३२ मा उल्लेख गरिएको भाषा तथा संस्कृतिको पर्व २८५६ औ जिबा अर्थात मुसा सोनम ल्होसारको अबसरमा गण्डकी प्रदेश सरकारबाट सार्वजनिक बिदाको लागि माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

तामाङ समुदायलार्इ र्इतिहास देखि राज्यबाट उत्पीडनमा पर्दै आएको र अहिले संघियता आए पछि तामाङहरुले मान्दै आएको महान चाड सोनम ल्होछार जस्को १ दिन बिदा पनि कटौती गरेकोमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरि जङ तामाङले घोर आपत्ती जनाएको छ ।

तामाङ समुदाय नेपालको जनसंख्या २०६८ अनुसार १२५ जाती मध्य पाचौ र आदिबासी जनजाती मध्य तेस्रो अर्थात ५.८ प्रतिशत रहेको समेत विज्ञप्तिमा उल्लेख रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथिबी सुब्बा गुरुङले भने प्रदेश सरकारबाट जम्म ५ वटा बिदा दिन पाउने अधिकार भएकाले यसलार्इ प्रदेश मन्त्रीपरिषदमा छलफल गरि निर्णय लिने बताए ।

विज्ञप्तिमा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार