काठमाडौं,माघ ६ गते ।
उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको घोषणा गरेकी हुन् ।
तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’
राजीनामा दिन सोमबार पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् ।
संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी पनि उनले गरिन् । उनले भनिन्, ‘बाजी मैले मारेँ । म सभामुख हुन्छु हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ आजदेखि काम गर्ने ट्याक परिवर्तन गर्दैछु,’। तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गरिन्।
साथै उनले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन्।
उनले भनिन्, ‘देशमा पितृसत्ता एउटा यस्तो संस्थाको रुपमा रहेको छ कि जसलाई परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने छ्। हामी सबै मिलेर राजसंस्था त फालियो। तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’ जस्लाई हटाउन धेरै मेहनत गर्नु पर्छ ।
उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन्। ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो। कुनै व्यक्ति र संस्था होइन संविधान थियो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्यो ? उनले भनिन्, व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ ।
‘मैले जे बोलें त्यो पुर्याएँ। नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो। सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेको थिएँ। त्यो कुरा पूरा गरेँ।’
तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा