सोलुखुम्बुमा प्रर्दशनकारी माथि प्रहरीले गोलि चलायो

  झझल्को न्युज डेस्क  172 पटक हेरिएको

 

 

सोलुखुम्ब,माघ ४ गते ।
सोलुखुम्बलाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा जोडिने कार्यक्रममा प्रदर्शनकारी माथि प्रहरीले गोली चलाएको छ। सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानियले कार्यक्रम बहिस्कार गरेका थिए ।

कार्यक्रम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले १६ मोटरसाइकल र एक जीपमा आगजनी गरेका छन् भने रुख ढालेर ठाउँ(ठाउँमा सडक समेत अवरुद्ध पारेका छन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाइएको छ ।

झडपमा प्रर्दशनकारीले ढुंगा मुडा समेत गरेका थिए । प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेका त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन् । झडपमा दुबै पक्षका केही व्यक्तिहरु घाइते भएका छन् ।

प्रर्दशनकारीले ओखलढुँगा सल्लेरी फाप्लु सडक खण्ड अन्तर्गतको तिङला क्षेत्रको सडकको सडकको ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । काठमाण्डौबाट सोलुखुम्बु पुगेका गाडीहरु अलपत्र परेका छन् ।

तिङला स्थित लाम्मानेमा निर्माण गरिएको सवस्टेशन मार्फत जिल्लालाई केन्द्रिय प्रशारणलाईनमा जोड्न शनिबार कार्यक्रम हुने भनिएको थियो ।

तिङ्लामा ३३ केभी प्रसारण लाइन बनाए पनि प्रभावित क्षेत्रमा भन्दा पहिले अन्तै विद्युतीकरण गरिएको भन्दै स्थानीय आन्दोलित भएका थिए । विद्युत प्राधिकरणलाई पहिले नै कार्यक्रम स्थगित गर्न अनुरोध गरिए पनि प्राधिकरणले वेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य हेमकुमार राईले कार्यक्रम उद्घाटन गर्ने जनाइएपनि आन्दोलनले उग्र रुप लिएपछि उनको टोली सदरमुकाम फर्किएका थिए ।

हाईड्रो प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा विद्युत विस्तार नगरि सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेबाट केन्द्रिय प्रसारण लाईनको उद्धघाटन गर्न लागेको भन्दै तिङलाबासीले शनिबार तिङला बन्दको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार