पोखरामा चितुवा मृत अवस्थामा भेटियो

  झझल्को सम्वाददाता  369 पटक हेरिएको

पोखरा,माघ ४ गते ।
पोखरा महानगरपालिका वाड न १३ स्थित आर्वामा मृत अवस्थामा एक चितुवा फेला परेको छ ।

शनिवार बिहान आर्वा स्थित बन्दै गरेको सडकमा मृत अवस्थामा चितुवा देखे पछी स्थानीयले प्रहरी र बन कार्यालयलाई खबर गरेका थिए।

एका विहानै चितुवा मृत अवस्थामा भेटिए पछी स्थानीयहरुको हेर्ने भनेर भिड नै लागेको थियो। अहिले बन कार्यालयका कर्मचारी र प्रहरीले उक्त चितुवाको शवलाई उद्दार गरि लगेको छ।

बन विभागका एक कर्मचारीले उक्त शवको परिक्षण पछी मुचुल्का तयार पारी स्थानीयहरुकै रोहवरमा खाल्टोमा पुरिने बताएका छन ।

आर्वाका स्थानीय वासिन्दाले चितुवा रोगले नभएर अर्कै सङ्ग जुध्दा घाइते भएर मृत्यु हुनसक्ने आशङ्का व्यक्त गरेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार