पुलमा झुन्डिएर धनगढीमा एक व्यापारीद्धारा आत्महत्या

  झझल्को न्युज डेस्क  191 पटक हेरिएको

धनगढीमा एक व्यपारीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टी धनगढीकै ४१ वर्षका रामबहादुर खड्काको शव फेला परेको प्रहरीले जनाएको छ।

उनले अदालत रोडमा फेन्सी पसल सञ्चालन गर्दै आएका थिए। उनी सशस्त्रका अवकाशप्राप्त हवल्दार समेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पुलमा झुण्डिएको अवस्थामा शव फेला परेको बताए। घटनाको अनुसन्धान भईरहेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार