तनाव व्यवस्थापनमा चुक्दा परिवारसहित विनयले आत्महत्याको प्रयास गरे

  झझल्को न्युज डेस्क  112 पटक हेरिएको

४ माघ, काठमाडौं ।
पत्नी र दुई छोरासहित थानकोटका विनय लामिछाने त्रिशूली नदीमा हेलिनुको कारण ऋण भएको नागरिकले लेखेको छ ।

सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए । नदीमा हेलिएका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीया जमुना रेग्मीको मृत्यु भएको छ । २ वर्ष र ६ महिनाका छोरा बेपत्ता छन् ।

तनाव व्यवस्थापनमा चुक्दा परिवारसहित विनयले आत्महत्याको प्रयास गरेको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार सेयर र कमोडिटी मार्केटमा भएको नोक्सानीका कारण उनले यस्तो कठोर निर्णय लिएका हुन् । विनयलाई भएभरका जायजेथा बिक्री गर्दा पनि तिर्न नसक्नेगरी ऋण लागेको थियो ।

मकवानपुर, चित्लाङका विनयले धादिङको सिद्धलेक ७, बडघरेकी जमुना रेग्मीसँग ०७४ मा विवाह गरेका थिए । उनीहरूका दुई वर्षीय छोरा विजन र ६ महिनाका रिजन दिए । रिजनको शुक्रबारै पास्नीको साइत जुरेको थियो । तर परिवारमा सुतक परेकाले उनी पास्नी छोडेर श्रीमती र दुई छोरासहित घरबाट निस्किएका थिए ।

विनयले ‘ऋणमा डुबीसकेँ अब मर्छु’ भनेपछि श्रीमतीले ‘एक्लै होइन, परिवारै मरौं’ भन्ने प्रस्ताव गरेकी थिइन् । त्यसपछि उनीहरू दुवै छोरालाई लिएर धादिङतर्फ लागेको समाचारमा उल्लेख छ । आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार