यि हुन प्रभु बैँकका पाच काण्ड

  झझल्को न्युज डेस्क  177 पटक हेरिएको

ठगी काण्डका कारण आफ्नो अस्तित्व समाप्त पारेर एकादेशको कथा बनेको किस्ट बैंककै पथलाई पछ्याउँदै प्रभु बैंकले पनि विभिन्न खालका काण्डहरु मच्चाउन थालेको छ । प्रभु फाइनान्सले किस्ट बैंकलाई किनेपछि बनेको प्रभु बैंकले विभिन्न खालका काण्डहरु मच्चाउन थालेको छ ।

काण्ड नम्बर १

बैंकले जानकी मेडिकल कलेजको नाममा गैरकानुनी रुपमा करोडौं ऋण प्रवाह भएको छ । गैरकानुनी रुपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेडिकल कलेजलाई ऋण दिँदै कलेजको केही प्रतिशत शेयर पनि आफन्तको नाममा पार्न सफल भएका छन् । त्यति मात्र होइन जानकी मेडिकल कलेजको सम्पूर्ण प्रशासन उनकै निर्देशनमा चल्ने गरेको छ ।

प्रभु बैंकले प्रत्येक वर्ष जानकी मेडिकल कजेजको भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा, त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम आर्थिक अनियमितता गरिरहेको छ । बढी ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको छ । उक्त कलेजलाई बढी ऋण दिन बैंकका सिइओ शेरचनले राष्ट्र बैंकसँग सेटिङ मिलाएको बुझिएको छ ।

काण्ड नम्बर २

प्रभु बैैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्ने गरेको छ । उनले पहिलाको किस्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुमाथि भेदभाव गर्ने गरेका छन् ।

राष्ट्र बैंकका केही कर्मचारीहरुलाई हातमा लिएर सिइओ शेरचनले आफ्नो बैंकका कर्मचारीहरुमाथि ज्यादती गरिरहेका छन् । तत्कालिन किष्ट बैंकका कर्मचारीहरुलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउँदै आएका छन् । त्यस बारेमा बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटबन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरु उनीसँग रुष्ट भएका छन् ।

बैंकका गैरकानुनी काम र सिइओ शेरचनको मनपरीको विषयमा आवाज उठाउने प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेपछि यो विषयले झन् चर्चा पाएको थियो ।

सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसको विरुद्ध आवाज उठाएका थिए । त्यहि विषयलाई आधार बनाएर शेरचनले उनीहरुलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बुझिएको छ ।

त्यसो त शेरचनमाथि महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शेरचनले ११ जनाको यूनियनको कमिटीमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले बताए । कर्मचारीमाथि भेदभाव गरेकै कारण बैंकका गोप्य दस्तावेजहरु बाहिरिने गरेका छन् ।

काण्ड नम्बर ३

एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत अर्काको जग्गा हत्याएर करोडौं ऋण काण्डमा फसेको छ प्रभु बैंक । अर्काको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले छानविन गरिरहेको छ ।

पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद बास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ । खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

काण्ड नम्बर ४
नातागोता र कमिसनको चक्करमा प्रभु बैंकका माथिल्लो तहका कर्मचारीहरुले ऋण प्रवाह गर्दा बैंक समस्या परेको छ । बैंक व्यवस्थापन स्रोतका अनुसार अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै गएको छ ।

नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको बैंककै एक कर्मचारीले बताए । बैंकभित्र यतिसम्मको गुटबन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक शेरचनले आपm निकटका व्यक्तिहरुलाई मात्र आकर्षक ऋण दिने गरेका छन् ।

जुन ठाउँबाट विश्वासिलो र भरपर्दो ऋणको प्रस्ताव आउँछ त्यहि ठाउँमा कमिसनको माग गर्ने र कमिसन पाएको खण्डमा ऋण दिने गरेको बुझिएको छ ।

काण्ड नम्बर ५

प्रभु बैंकका एटिएमहरु प्रायजसो बिग्रेका देखिन्छन् । लो टेन्डर र धेरै कमिसनको भरमा एटिएम मेसिन खरिद गरिएकाले प्रभु बैंकका एटिएम प्रायजसो बिग्रिने गरेका छन् । केही समय अघि धेरै एटिएमहरु बिग्रेर प्रभु बैंकका ग्राहकहरुले सास्ती पाएका थिए । अहिलेपनि प्रायः एटिएमहरु बिग्रेकै देखिन्छन् । प्रभु बैंकका एक ग्राहकले उपत्यका बाहिरबाट मोटिभेट न्यूज डटकमलाई दिएको जानकारी अनुसार महिनामा २५ दिन एटिएम बन्द हुने गरेका छन् ।

प्रभु बैंकभित्रका अनियमितता र बैंकको उच्च नेतृत्वले गरेको भ«ष्टाचार बारेको सामग्रीहरु एकपछि अर्को गर्दै निरन्तर प्रस्तुत गर्नेछौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सहयोगमा बैंकका सिइओ र डेपुटी सिइओको तीन पुस्ते विवरण सहितको विशेष सामग्री छिट्टै प्रकाशित गर्नेछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार