विप्लव नेकपाका दुई कार्यकर्ता धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ

  झझल्को न्युज डेस्क  273 पटक हेरिएको

दाङ जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता अदालत परिषद्बाटै पुनः पक्राउ परेका छन्।

संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा दाङ जिल्ला अदालत बाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो।

राप्ती गाउँपालिका–१ निवासी विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार र पार्टी सदस्य वाणगंगा नगरपालिका–८ कपीलवस्तु निवासी ३२ वर्षीय विष्णुबहादुर रावतलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

जिल्ला अदालतको आदेशअनुसार १५/१५ हजार धरौटी बुझाएर निस्कीदै गर्दा अदालतको गेटबाटै पुनः पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार