विश्वकै होचो व्यक्ति खगेन्द्र थापा मगरको उपचारका क्रममा पोखरामा निधन

  झझल्को न्युज डेस्क  68 पटक हेरिएको

पोखरा,माघ ३ गते ।
विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेर गिनिज बुक अफ वोर्ड रेकर्डमा नाम लेखाउन सफल खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।उनको कद ०.६७ नापिएको छ ।

अक्टोबर १४,२०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए । थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थिए । उनी गाउँलेहरू माझ सानो बुद्धू भनेर चिनिन्थे ।

जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए ।

थापा १६ वर्षको उमेरदेखि पोखराको सिमलचौरमा बस्दै आएका थिए । रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार