चितामा जलाउन तयार पारिएको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान पक्राउ

२८ वर्षकी प्रेमदेवी साहको घाँटीमा डाम देखिएपछि मृत्यु शंकास्पद,

  झझल्को न्युज डेस्क  216 पटक हेरिएको

विराटनगर,माघ २ गते ।
प्रहरीले घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरी पछि प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

घाटमा लैजाने तयारी गर्दै गर्दा महिलाको घाँटीमा डाम देखिएपछि माइती पक्षले प्रहरीलाई खबर गरेको थियो । घटना स्थल पुगेको प्रहरीले शवको घाटीमा चोट देखिएपछि महिलाको शव सहित श्रीमान गोविन्द साहलाई समेत नियन्त्रणमा लिएको हो ।

माइती पक्षका अनुसार प्रेमदेवीको परिवार हतार हतार केही छिमेकी र आफन्त शव लिएर विश्वकर्मा चोक पूर्व रहेको सिंघिया घाटतर्फ लागेका र शव जलाउनका लागि उनीहरुले चिता पनि तयार पारेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । मृतक महिलाको घाँटीमा डाम देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले मृतकका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार