सुदूरपश्चिममा छायाङ्कन भएको चलचित्र साङ्लो माघ २४ गतेबाट देशैभर प्रर्दशन हुने

सुदूरपश्चिम प्रदेशमा चलचित्र निर्माणका लागि भर्जिन क्षेत्र

सुदूरपश्चिममा छायाङ्कन भएको चलचित्र साङ्लो आगामी माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा साङ्लो चलचित्रका निर्माता समेत रहेका नायक बिराज भट्टले माघ २४ देखि देशैभर प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।

उनले उक्त चलचित्र सुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छतिवन ताल लगायतका लेकाली भेगमा समेत छायाङ्कन गरिएको बताएका छन् । उनले साङ्लोमा अपराध, मनोरञ्जन तथा ग्रामीण कथा वस्तु समेटिएको जनाएको छ । २४ माघबाट देशभर प्रदर्शन हुने चलचित्रमा दर्शकले चाहेको विषय बस्तु पाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा चलचित्र निर्माणका लागि भर्जिन क्षेत्र रहेकाले प्रचार प्रसारका लागि बिराज भट्ट फिल्म प्रा.ली.ले नेपाली चलचित्र साङ्लो छायाङ्कन गरिएको बताएको छ । दुई करोड लगानीमा बनेको उक्त फिल्मले दर्शकको मन जित्न सफल हुने विश्वास लिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार