कोहलपुरका वडाध्यक्ष खड्का भारतमा मृत अवस्थामा भेटीए

  झझल्को न्युज डेस्क  214 पटक हेरिएको

काठमाडौँ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एक होटलमा मृत अवस्थामा भेटीएका छन् ।

वडाध्यक्ष खड्का भारतको बहराइचमा रहेको शङ्कर होटलमा मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार घरबाट सुर्खेत जान्छु भनेर हिडेका वडाध्यक्ष खड्का सम्पर्क विहीन थिए । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उनको शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत गएका छन् ।

भारतीय प्रहरीका अनुसार वडाध्यक्ष खड्काले आत्महत्या गरेको जानकारी नेपाली सुरक्षा निकायलाई गराएको छ ।

तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जितेका खड्काका तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार