विप्लव नेकपाले गर्यो ललिता निवास जग्गा कव्जा देखि बम विस्फोट सम्म,गर्नुका कारण यस्ता छन् !

  झझल्को न्युज डेस्क  296 पटक हेरिएको

काठमाडौँ ।
प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको छ ।

आज साँझ ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको हो ।  विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताइएको छ ।

शोभाकान्तको घरमा विस्फोटको कारण प्रष्ट्याउँदै विप्लव नेकपाले एक पर्चा पनि सार्वजनिक गरेको छ ।

यि हुन् विप्लव नेकपाले बम विस्फोट गराउनुका ५ कारण

१. पहिलो कारणमा ललिता निवासको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्चको मुख्य योजनाकार शोभाकान्त भएको उल्लेख छ ।

२ं जमिनको अनियमितताबारे पूर्वसचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा भूमाफिया किटान गरेको

३. तेस्रो कारणमा भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेको उल्लेख गरिएको छ ।

४. विगतमा एमाले तथा हाल नेकपाको आडमा माफियागिरी तथा लुटखसोट गरेको उनी

५. माफिया पुष्टि हुँदा पनि केपी ओली सरकारले कारबाही नगरेकाले पार्टीले कारबाही गर्नुपरेको उल्लेख गरेको छ ।

 

यस्तै विप्लव नेकपाले प्रधानमन्त्री नीवससँगै जोडिएको ललिता निवास रहेको विवादित जग्गामा झण्डा गाँडेर कब्जा गरेको घोषणा गरेको हो ।

विप्लव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार साँझ उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै कब्जा गरेको घोषणा गरेका हुन् । उनीहरुले जग्गा सरकारको नाममा फिर्ता गर्न चेतावनी समेत दिएका छन् ।

ललिता निवासको जग्गा कब्जा गरेको व्यानवर समेत उक्त स्थानमा गाडिएको छ । उक्त व्यानरमा मिनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विष्णुप्रसाद पौडेलको नाममा गरिएको सबै ११५ रोपनी जग्गा कब्जा गरेको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार