माघ , १ अछाम ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्चीहरु अज्ञात समुहले मध्यराति आगजनी गरि नष्ट गरेको छ । गाउँपालिकाको अतिथि भवनको प्राङ्गणमा राखीएका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरि नष्ट गरेको हो ।
पौषा २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बर्षाका कारण स्थगीत भएपछि गाउँपालिकाका कुर्चीहरु अतिथि भवनको प्राङगणमा राखीएका थिए ।
कुर्चीहरु नष्ट भए पश्चात जानकारी गराउदै गाउपालिका प्रमुख राजेन्द्र खडका र प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढुङ्गानाले अनुगमन गरि अनुसन्धान प्रकृया अगाडि वढाईएको बताएका छन । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जानकारी गराएको छ ।
यस अघि विप्लव नेकपाले जिल्लाका थुपै वडा कार्यलयमा आगजनी गरेकाले सो आगजनी पनि विप्लव नेकपाले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी गाउँ कमिटिले गाउपालिका काम प्रति असन्तुष्टि जनाउदै विभिन्न आरोप र आलोचना गर्दै आएको छ ।
यस अघि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी गाउँ कमिटिले गाउँपालिकाले सार्वजनिक सुनुवाई नगरेको भन्दै गाउँपालिका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।