डा देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

डा देवकोटाका बारेमा केही सञ्चार माध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भए पनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो ।

विभिन्न सञ्चार माध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सञ्चार माध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार