अछामको बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम माघ १० गते हुने भएको छ ।
आज हुने भनिएकोे सार्वजनिक सुनुवाई बर्षाका कारण प्रभावीत भएपछि माघ १० गतेका लागी सारिएको हो । आर्थिक बर्ष २०७५।७६ को बार्षीक निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाई माघ १० गते हुने गाउँपालिकाले सुचना प्रकाशित गरि जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुँगानाले मंगलबार सुचना जारि गर्दै आज हुने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम प्रतिकु मौसमका कारण मिति सार्नु परेको बताएका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रम आगामी माघ १० गते बिहान ११ बजे गाउपालिका जयगढ स्थित अतिथि गृहको प्रङ्गण अगाडी हुने भएको छ ।
शुसासन नियमावली २०६४ बमोजीम आर्थिक बर्ष सकिए सँगै सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।सोहि अनुरुप बान्निगढी जयगढ गाउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।