सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त आन्दोलन गर्ने घोषणा

  झझल्को सम्वाददाता  518 पटक हेरिएको

काठमाडौँ, पौष २८ गते ।
सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन ।

विप्लव नेकपा निकट जनपत्रकार संगठन नेपाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ, समाजबादी पार्टी निकट नेपाल प्रेस नेपाल र मधेसी पत्रकार समाज, विधेयकका विरुद्ध एक जुट भएका छन ।

सोमबार काठमाडौंमा ५ पत्रकार संगठनको संयुक्त बैठक बसि सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कदम योजनाबद्ध ढंगले अगाडि बढाएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलनमा जानुपर्ने बताएका हुन।

विधेयकमा उल्लेख गरिएका कतिपय दफाले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार पुर्ण रुपमा कुण्ठित गर्ने मनसायले ल्याउन लागिएको संगठनहरुको निष्कर्ष छ। बैठकपछि ५ पत्रकार संगठनले संयुक्त वक्तव्य जारी गर्दै सरकारले ल्याएको विधेयक तत्काल फिर्ता गर्न माग गरेको छन्।

जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे,क्रान्तिकारी पत्रकार महांसघका अध्यक्ष ईन्द्र रावत,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा,प्रेस नेपालका अध्यक्ष केशब अर्याल,मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह द्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा नागरिक स्वतन्त्रता विरोधी विधेयकको विरुद्धमा राजनीति दल,नागरिक समाज,बुद्धिजीवी, सञ्चारकर्मी, कानुनी व्यवसायी,मानवअधिकारकर्मी सबैलाई एकजुट भएर आवाज उठाउन अनुरोध समेत गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार