पर्यटकीय गाउँ सिक्लेसमा हुने माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा

'' रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति मेला -२०७६ ''

  झझल्को संवाददाता : राजन साउद  261 पटक हेरिएको

                                                                      तस्विर ; तिर्थ के.सि

२७ पौष २०७६,पोखरा ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलनमा गर्दै आयोजकले महोत्सव सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । मेला माघ १ गते देखि माघ ४ गतेसम्म सञ्चालन हुने छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष देवी जङ्ग गुरूङले सिक्लेस युवा क्लबले आफ्नो २५ औँ वार्षिकोत्सव एवं माघे संक्रान्तिको अवसरमा” रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति मेला -२०७६ ”आयोजना गरेको हो । हालै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष 2020 साथै प्रदेश सरकार र स्थानिय सरकारले अघि सारेका पर्यटन प्रर्बद्धनात्मक योजना तथा कार्यक्रममा टेवा पु¥याउने आयोजकको विश्वास छ ।

सुन्दर नगरि पोखरादेखि उत्तरपूर्वी भागमा रहेको मादी गाउँपालिकामाका सिक्लेस गाउँ करिब ४२ किलोमिटरको दुरीमा पर्छ । समुद्री सतहदेखि २ हजार मिटर उचाइमा रहेको सिक्लेस गाउँ पुग्न पोखराबाट ४ घण्टाको समय लाग्छ । झण्डै ४ सय घर रहेको गाउँमा पुग्नेहरूका लागि होटल र होम स्टेको सुविधा छ ।

छेलो हान्ने प्रतियोगिता मेलाको प्रमुख आकर्षकणको रूपमा रहेको छ । यो प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमशः रू ४० हजार र ३५ हजारका साथमा प्रमाणपत्र पाउने छन् । यसबाहेक मेलाका अवसरमा खुल्ला पुरूष एवं महिला भलिबल प्रतियोगिता, खुल्ला पुरूष बास्केटबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख घुर्रा घुमाई प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम,स्थानिय तिर्थस्थलहरु म्हउदु र फैमक्यु मा तिर्थालुहरुको जात्रा समेत हुने क्लबका सचिव बेल प्रसाद गुरूङले जानकारी दिए ।

उनका अनुसार पुरूष भलिबल र बास्केटबलमा प्रथम र द्धितीय हुनेले क्रमशः रू ५५ हजार ५ सय ५५ र ४४ हजार ४ सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला भलिबलमा प्रथम हुनेलाई रू २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्धितीय हुनेलाई रू १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै संस्कृतिमा आधारित खुल्ला सामूहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ४० हजार, ३० हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका पूर्व सचिव देवी जङ्ग गुरूङले जानकारी दिए । आयोजकका अनुसार उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट भेषभुषालाई ५र५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

पुरुष भलिवल र बास्केटबल प्रतियोगितामा सहभागि हुने प्रतेक टिमले दर्ता शुल्क रु ५ हजार र महिला भलिवल तर्फ रु दुई हजार दर्ता शूल्क रहेको छ ।

करिव १२ लाख आम्दानी हुने गरिएको महोत्सव सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने छ भने बचत भएको रकम क्लवले सिक्लेसमा हुने सामाजिक कार्यहरु साथै केही रकम क्लवले कायैक्रम संचालनका लागि स्थापना गरेको अक्षयकोषमा जम्मा गर्ने आयोजकले जनाएको छ ।

सिक्लेसबाट नेपालकै कम उचाईमा अवस्थित हिम ताल क्हफुचे, नेपालको केन्दविन्दु मानिएको कोरी लेक,तमुहरुको पैतृक थलो क्होलासोंथर कम समयमा सहजै पुग्न सकिने हुदाँ यसको प्रचारप्रसार गर्न सके पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

गुरूङ समुदायको बाक्लो वस्ती रहेको सिक्लेस गाउँलाई नेपाल सरकार,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गएको आर्थिक वर्ष ०७५/७६मा देशका एक सय पर्यटकीय गन्तव्यको सूचिमा समावेश गरेको थियो । हाल भने सिक्लेस गाउँ ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास ह्दैँ गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार