काठमाडौँ, पौष २७ गते ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ।
नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरु उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रमुख ‘जीतेन्द्र चौधरीमाथि कारवाही किन ?’ भन्ने शीर्षकमा १५ वटा आरोपहरु लगाइएका छन् ।
विज्ञप्तिको पूरा पाठ यसप्रकार छ –
नेपाली श्रमजीवी र स्वाभिमानी जनताको प्रिय पार्टी,हाम्रो गौरवशाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशा भरोसा बिश्वासको मत र मन जित्दै दिनानुदिन लोकप्रिय हुँदै गैरहेको छ। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजिविका सवालहरुलाइ केन्द्रभागमा राख्दै “एकीकृत जनक्रान्ति” को राजनैतिक बैचारिक सङ्गठानिक भव्य आलोकमा बैज्ञानिक समाजवादि व्यवस्था स्थापना गर्ने महान लक्ष्य उदेश्य बिचार आदर्शका साथ जनक्रान्तिको ऐतिहासिक प्रक्रियामा छ। सामाजिक फासिवादी दलाल ससदिय व्यवस्था दिनप्रतिदिन विभिन्न काण्डले थिलो थिलो हुँदै मृत्युको सङ्घारमा अन्तिम छटपटाहाटका साथ अमेरिकी साम्राज्यवादको एम।सि।सि।को हिरन लिदै मृत प्रायः आयु लम्बाउन अनेकन चिचाहट(बर्बराहट मच्चाइ रहेको छ। कथित कम्युनिस्टको जामाभिरेको केपि पिके ब्वासाहरुले आफ्नो लुटखसोटको स्वर्ग बचाइ राख्न जनताका सेवक हाम्रा प्रिय नेता कार्यकर्ता माथी विविध प्रकारका फासिष्ट तानाशाही दमन चक्र चलाउदै जेलनेल तथा व्यक्ति हत्या सम्म गर्दै आइरहेको छ। गाउँ गाउमा युद्धकालिन फौजी अप्रेसन चलाएर श्वेत आतंक खडा गरेकाछन।जस्को हाम्रो पार्टी मुखतोड जवाफ पनि दिदै आएको छ र भबिस्यमा पनि त्यस्ता फासिष्ट दमन लाई कुल्चदै अगाडि बढ्दैजाने छ।
यसै सन्दर्भमा जनताको असली सेवक हुनुका नाताले जनताका पिर मर्का दुख कष्टमा हाम्रो पार्टी हरहमेशा साथ हुने गर्दछ नै । जनता नै इतिहासका निर्माता हुन भन्ने मान्यताका साथ जनस्तर बाट प्राप्त सल्लाह सुझाव गुनासालाई आत्मसात गर्दै जनसत्ताका गतिविधि संचालन गर्दै जनसेवा प्रवाह गर्दै आएको पनि छ। जनताका बैरी र जनबिरोधी हर्कत गर्ने जो कोहि लाई कार्वाही गर्ने गरेको सबैमा अवगत नै छ। यहि सिलसिलमा सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ।
को हुन जितेन्द्र चौधरी ?
जनकपुर का जितेन्द्र चौधरी हाल ललितपुर स्थित हात्तिवन स्थायी बसोबाँस गर्छ्न। भारत ससुराली भएका चौधरीका एक छोरा र एक छोरी छ्न । छोरा अभिषेक चौधरी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र छोरी स्मृति चौधरी एम।यल।बि मेडिकल ईन्स्टिच्युट झासी भारतमा mददक पढ्दैछन। पुल्चोक इन्जिनियर क्याम्पस बाट इन्जिनियर गरेका चौधरी खानेपानी सस्थान बाट सब(इन्जिनियर हुँदै सरकारी सेवामा प्रबेश गरेका हुन। सरकारी सेवामा आए देखि “मालदार” ठाउमा पोस्टिङ् पाउन हाकिमका मलद्वार धुनर सुघ्न समेत पछि नपर्ने चौधरी सडक विभाग भरी निकै विवादित र वद्नामित पात्र हुन। विभिन्न शक्तिकेन्द्रका नजिक भै लाभको पद बाजिमार्न खप्पिस चौधरी हददर्जा सम्म गिर्न तयार हुने उनको विगतले देखाउछ। जनकारबाही हुने सुचना पाए पछि रुकुमको चौहरजहारीको डिभिजन प्रमुख हुदा करोडौको हिनामिना गरि भागेका उनी पछि बिराटनगर गएका थिए ।त्यहा पनि कार्यालयमा गयल हुने,ठेकेदार सङ्ग मोटो कमिसनको मोलमोलाइ गर्ने, आधारभुत निर्माण पुनर्निर्माणका कामलाई वेवास्ता गरेर कमिसन उठाउन मात्र हातधोएर लाग्ने गरे पछि जिल्ला प्रशासन कार्यालय ले स्पस्टिकरण र बिभागले कार्वाही स्वरुप बिभागमा थन्काएको थियो। जनप्रतिनिधिहरुको एक समूह मन्त्रालय सम्म पुगेर निज चौधरीका काला कर्तुत छरपस्ट पारेका थिए। लहान डिभिजनमा हुदा लहान(ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाइ झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर भाडाकुडा नुन तेल समेत लिएर घर टाप कसेका थिए । यिन्का घुस खाने, कमिसन नलिइ काम नगर्ने, निर्माण व्यवसायी लाई विभिन्न वहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरि मानसिक यातना दिने लगायतका निच हर्कतले बिभागका सम्पुर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छ्न। इन्जिनियर पेशा कै बदनाम गराउन उद्दत निज जितेन्द्र चौधरी व्यवसायिक तथा पेशागत मर्यादा रत्तिभर नभएका उनका गतिविधिले प्रष्ट पार्दछ। पैसाका लागि जस्तोसुकै अनैतिक काम गर्न पछि नपर्ने उनी
भर्खरै लहानमा अख्तियारले रङ्गे हात १९ लाख सहित समाएका इन्जिनियरहरुको योजनाकार समेत रहेका छ्न।
कार्वाही किन ?
१.. कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपुर्वक दुख दिने रसताउने र कामहरु अल्झाउनेर झुलाउने गरेको ।
२. गैरजिम्मेवार रहदै तीब्र कामको चाप रहदा समेत बिना कारण कार्यलयमा अनुपस्थित हुनुका साथै सेवाप्रवाहमा ढिलासुस्ती चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको ।
३. गलतनियतका साथ विभिन्न आयोजनाहरुको बिल भुक्तानी फरफारक सस्सर्त रोकेको ।
४. असार मसान्त त्यस अघि र पछिका बिल भुक्तानी गर्दा व्यवसायीको ढाड सेक्ने गरि मोटो कमिसन लिएको।अग्रिम कमिसन नदिनेको भुक्तानी यो या त्यो बहानामा रोकेर कमिसन दिन बाध्य पार्ने गरेको ।
५. कमिसन बाफत झन्डै रु।तीन९३० करोड जति रकम उठाइ भारतको रुपैडिया गएर ससुरालि तिरका नातेदारका नाममा भारतका विभिन्न बैंकमा जम्मा गरेको।
६. जनसरोकारका र अत्यावश्यक बिकाश निर्माण(पुनःनिर्माण, मर्मत सम्भार, लगायतका काममा कुनै ध्यान नदिएको। जस्को कारण हिलाम्मे र धुलाम्मेका साथै अस्तव्यस्त सडक रसडकमा भएका खाल्डाखुल्डीले गर्दा दर्जनौ दुर्घटना घट्न गइ ठुलो मात्रमा जनधनको क्षति भएको ।
७. ठेक्का सम्झौता बमोजिम तोकिएको समय सिमाभित्र काम सम्पन्न नगर्ने , काम मात्र ओगटेर बस्ने र कमसल सामाग्री प्रयोग गरि गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीलाई कार्वाहीको दायरामा नलिइ मोटो रकम कमिसन लिइ छुट दिएको।
८. सामान्य कमि कमजोरी गरेका निर्माण व्यवसायीलाई कालो सुचिमा राख्दिने, हर्जाना तिराउने , ठेक्का सम्झौता तोडिदिने, बिल प्रमाणीकरण नगरिदिने लगायतका डर धाक धम्की त्रास देखाउदै रकम असुली गर्ने गरेको।
९. कार्यालय प्रयोजनको सरकारी गाडी घर परिवारको बिहे व्रत बन्ध पुजा पाठ र दैनिकि काम किनमेल घुमघामको नितान्त निजि प्रयोजनमा काम लगाइ दुरुपयोग गर्ने गरेको ।
१०. जिम्मेवार निकायको प्रमुख अनुरुपको पदिय आचरण,अनुशासन व्यबहार जिम्मेवारी नैतिकतामा नबसेको ।
११. निज जितेन्द्र चौधरी रुकुमको चौहरजहारी, बिराटनगर, नेपालगन्ज, लहान र दाङको प्रमुख हुदा सम्म ५० औ करोड भ्रस्टाचार गरेको ।
१२३ विविध प्रकारका अनियमितता, भ्रस्टाचार र घुस खाएर अकुत सम्पत्ति आर्जन गरि छोरा अभिषेक चौधरीलाई धरान स्थित (bpkihs) र छोरी स्मृति चौधरीलाई MLB medical college jhansi ईन्डियामा मेडिकल साइन्स पढाएको।
१३. तत्कालीन तालुकदार मन्त्री रघुबिर महासेठ लाई करोडौं नजराना बुझाएर आएकोले सो असुल उपर गर्ने एक मात्र अभिष्ट लिइ कमिसन कुम्ल्याउन अहोरात्र लागि परिरहेको।
१४. पटक पटक जिम्मेवार बन्न र यस्ता अबैध असभ्य र अनैतिक क्रीयाकलाप नगर्न नगराउन अनुरोध गर्दा पनि कुनै सुनुवाइ नगरेको ।
१५. राप्ती लोकमार्ग अन्तरगत तुल्सिपुर(सल्यान सडकको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायीहरु सङ्ग रकमी बार्गेनिङ गरि प्रक्रिया अगाडि नबढाएको।
अन्तमा
हाम्रो यश जनपरिषद लुटेरा केपि(पिके सत्ता द्वारा आजित जनतालाइ जनसत्ताद्वारा सेवाप्रवाह गर्न हरदम तत्पर छ। जनता माथी थोपरिने कुनै पनि बहानाका जुनकुनै निकाय वा व्यक्तिद्वारा गरिएका दलाली ,भ्रष्टाचार, व्यतिथी, अनियमिता किमार्थ स्वीकार्य नहुने सुचित गराउन चाहान्छौ। कोहि कसैले कहि कतैबाट जनतामा यश प्रकारका अपराध गर्ने कुचेष्टा गरेमा यस जनपरिषद, थारुवान स्वायत्त प्रदेशको प्रचलित कानुन बमोजिम कार्वाही गर्दै जाने स्मरण गराउदछौ।
क्रान्तिकारी अभिवादन सहित
भगवान दास चौलागाईं
२७पौष २०७६ प्रमुख
जिल्ला जनपरिषद दाङ