४० फिट अग्लो धरहरा सहित दशौँ पोखरा महोत्सव पौष २९ देखि

भ्रमण वर्ष २०२० लाई सफल बनाउन दशौँ पोखरा महोत्सव-२०७६

  झझल्को संवाददाता : राजन साउद  358 पटक हेरिएको

२६ पौष २०७६,पोखरा ।
पोखरामा ”दशौँ पोखरा महोत्सव -२०७६ ”हुने भएको छ । “युवाको जागर राष्ट्र निर्माणको आधार”भन्ने मुल नाराका साथ  युनाईटेड क्लब पोखराको आयोजनामा ”दशौँ पोखरा महोत्सव -२०७६” हुन लागेको हो ।

शनिबार पोखरा अमरसिँह स्थित महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै महोत्सव प्रचार प्रसार समिताका संयोजक शान्त बहादुर थापाले आफ्नो स्थापना कालदेखि नै पोखरा महोत्सव को आयोजना गर्दै आइरहेको युनाईटड क्लव पोखराले तेसैलाई निरन्तरता दिदै यस वर्ष पनि दशौँ संस्करण पोखरा महोत्सव-२०७६ यही पौष २९ गते देखि माघ १२ गते सम्म पोखरा अमरसिह मा.विको विशाल खेलमैदानमा सञ्चालन हुने बताएका छन ।

महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउनको साथ साथै देशको कला,संस्कृति,भेष भुषाको संरक्षणमा टेवा पु¥याउन,शिक्षा,स्वास्थ्य,खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउन,यो क्षेत्रको पर्यटकीय स्थानको बारेमा जानकारी दिनु आन्तरीक तथा बाहय उत्पादित वस्तुको बजार सहजीकरण गराउनु,सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउन आर्थिक चलायमन गराइ रोजगार सृजना गराउनु,क्षेत्रगत विकासमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।

यस महोत्सवको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.ली.को उत्कृष्ट उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

२०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भुकम्पबाट पुर्ण रुपमा धोस्त भएको धरहरालाई स्मरण गराउनको लागि महोत्सवमा ४० फिट अग्लो धरहरा बन्ने भएकाले महोत्सवको प्रमुख आकर्षणको केन्दविन्दु नै हुने भएको छ । साथै महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत, व्याण्डहरुको लाइभ कन्सर्ट ,हाँस्य व्यङ्ग्य, उत्कृष्ट स्तललाई पुरस्कार , नेपाली संस्कृति झल्किने लोक नृत्य ,शैक्षिक जागरण सम्बन्धि डकुमेन्ट्रि प्रर्दशन , बाल उद्यान, वुद्धिचाल प्रतियोगित, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति रहेका छन ।

१३ दिन सम्म चल्ने उक्त महोत्सवमा २ लाख देखि २ लाख ५० हजार दर्शकहरुको उपस्थीत रहने आयोजकले बताएको छ । महोत्सवमा जम्मा २६५ बटा स्टल रहेका छन जसमा सम्पुर्ण स्टल बुकिङ भैसकेका छन । साथै पर्यटन प्रवद्र्धन, पर्यटकिय स्थलको बारेमा जानकारी दिने स्टललाई नि;शुल्क प्रदान गरिनेछ भने कृषि तथा हस्तकला का स्टलहरु वशेष छुटमा प्रदान गरिने आयोजकले जनाएको छ ।

उनले महोत्सवको अनुमानित आम्दानी एक करोड चालिस लाख, अनुमानित खर्च एक करोड पचास हजार र अनुमानित बचत ३९ लाख ५० हजार को अपेक्षा गरेको बताए ।

साथै महोत्सवमा सुुरक्षाको उचित व्यवस्था, शौचालयको व्यवस्था,अग्नि,चट्याङ्ग,भुकम्प,हुरीबतास,हुलदङ्गा विमा,प्रथमिक स्वास्थ्य सेवा तथा एम्वुलेन्सको व्यावस्था,पार्किङ्गको उचित व्यवस्था, प्रत्येक स्टलले १ थान टेवल र २ थान कुर्चीको सुविधा समेत पाउने बताएका छन ।

महोत्सवमा सर्व साधरणलाई रु ८० टिकट रहेको छ भने विद्यार्थीको हकमा रु ६० रहेको छ । अन्य अपाङ्ग,वृद्धवृद्धा,एकल महिला,पत्रकार,सुरक्षा निकायका सुरक्षा कर्मीहरुलाई (पोषाक अनिवार्य) नि;शुल्क प्रवेश गराईने आयोजकले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार