पोखरामा तेस्रो “अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल” पौष २९ देखी

  झझल्को सम्वाददाता ; राजन साउद  136 पटक हेरिएको

२५ पौष २०७६ पोखरा ।
पोखरामा तेश्रो ”अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल” प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ भ्याली स्पोर्टस क्लवले यही आउदो पौष २९ गते देखि माघ ४ गतेसम्म रेम्बो एकेडेमी होम्सको खेलमैदान कोलपाटनमा फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

विहिबार पोखरा रामबजार स्थित श्रीकृण मन्दीरको प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा बौल्दै मुल आयोजक समितिका संयोजक विश्व तण्डुकारले नेपालको सुन्दर नगरी पोखरालाई खेलकुद पर्यटन मार्फत खेलकुद शहरको रुपमा स्थापित र विकसित भइसकेको अवस्थामा यसको संरक्षण र संवद्र्धन गर्दै भ्याली स्पोर्टस क्लव, रामबजार,पोखरा १० द्धारा तेश्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६ गर्नलागेको बताएका छन ।

प्रतियोगितामा इन्टेक 06 विग्रेड अफ गोर्खाज यु.के का २ टिम, आयोजक टिम र स्थानीय उत्कृष्ट क्लवहरु मध्येबाट २४ टिमको मात्र सहभागी हुने र खेलको प्रवेश शुल्क रु ८ हजार रहेको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट क्लवहरुको मात्र सहभागि हुने भएकाले खेल निकै प्रतिष्पर्धात्मक र रोमञ्चक हुने भएकाले दर्शकहरुको उल्लेखनीय उपस्थिति रहनेमा आयोजक विश्वस्त रहेको बताएका छन ।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १५०,००,द्धितीय पुरस्कार रु ७६,०००,उत्कृष्ट खेलाडी पुरस्कार रु १२०००, सार्वाधिक गोलकर्ता पुरस्कार रु ७,००० बराबरको नगद राशी रहेको छ ।

क्लवका सल्लाहकार एव समाजसेवी महेश गुरुङले उक्त खेलमा १० लाख आम्दानी गर्ने र ६ लाख खर्च गरी ४ लाख बचत गरी १२ वर्ष मुनिका खेलाडीहरु जम्मा गरी फुटबल एकडेमी संचालन गर्ने तयारी रहेको बताए।

साथै यस प्रतियोगितालाई सफल तुल्याउन विभिन्न संघ संस्था, व्यक्तिबिशेषहरुको प्रायोजन रहेको छ । प्रथम पुरस्कारको प्रायोजन ‘हङकङ बसोबास गर्नु हुने महानुभावहरु’ ,द्धीतिय पुरस्कार ‘युे.क.बसोबास गर्नु हुने महानुभावहरु’ ,शिल्ड,मेडल, ट्रफी,मायाको चिनो प्रायोजन ‘सेभेन ए साईड फुटवल महासंघका ‘अध्यक्ष नविन पुन ,उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन ‘हङकङ निवासी विकी गुरुङ’, सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन ‘श्रीकृष्ण मन्दिर परिवार,रामबजार’ , फुटबल जर्शी सौजन्य सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर,रामबजार ,खेलकुद सामग्री सौजन्य एन्फा कास्की , म्यान अफ द म्याचको ट्रफी (मोवाईल सौजन्य) मोवाईल जोन बुद्ध विशालबजार प्रो.दिनेश श्रेष्ठ लगाएत रहेका छन ।

विशेष सहयोगको रुपमा राष्ट्रिय खेलकुद परिषद्, इन्टेक ०६ विग्रेड अफ गोर्खाज, पोखरा महानगरपालिका,पश्चिमाञ्चल खेलकुद विकास समिति,कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ,पोखरा महानगरपालिका बडा नं. १०,१४र१५ को कार्यालय,रामबजार सोसाईटी यु.के,श्रीकृष्ण मन्दिर संचालक समिति,रेम्वो एकेडेमी होम्स लगाएत रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार