अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भने ‘हामीसँग विश्वकै शत्तिशाली सेना छ’

  झझल्को न्युज डेस्क  141 पटक हेरिएको

एजेन्सी ;
इरानले आफ्नो सैन्यक्याम्पमा मिसाइल हानेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो ट्वीट गरेका छन्।

इराकस्थित दुई सैन्य आधारमा इरानले मिसाइल पुष्टि गर्दै ट्रम्पले लेखेका छन्, हताहति र क्षतिको विवरण संकलन हुँदैछ, तर सबै ठीक छ। हामीसँग विश्वकै शक्तिशाली र सुसज्जित सेना छ। यसबारे भोली बिहान म आफनो बयान जारी गर्नेछु।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ।

इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ। सोही अनुसार इरानले इराकस्थित अमेरिकी सेनीक अड्डामा मिसाइल आक्रमण गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार