इरानद्वारा दुई अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

  एजेन्सी  132 पटक हेरिएको

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

आक्रमण गर्नुअघि इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको थियो । मिसाइल हमलाबाट अमेरिकी सेनाको क्षतिलाई लुकाइएको छ । मिसाइल हमला भएको स्वीकार गर्दै अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अनुसन्धान भइरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

आफ्ना सैन्य अखडामा भएको आक्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।

हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्, ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्।

सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार