सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गयो

  झझल्को न्युज डेस्क  222 पटक हेरिएको

एजेन्सी;
इराकमा अमेरिकी ड्रोन हमालमा मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिको क्रममा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गएको छ । भागदौडमा परेर ४८ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

सुलेमानीलाई गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा अन्तिम संस्कारमा लाखौँ मानिस भेला भएका थिए । केही दिनदेखि इरानका विभिन्न ठाउँ हुदै सुलेमानीको गृहनगरसम्म शवयात्रा गरिएको थियो ।

सुलेमानीको शवलाई शहीदहरुका लागि बनाइएको समाधिमा राखिएको छ । इराकमा अ‍ेमेरिकाले गरेको आक्रमणमा सुलेमानीको ज्यान गएपछि इरान र अमेरिकाबीच तनाव झन् बढेको छ ।

अमेरिकाले गएको जनवरी ३ मा बगदाद विमानस्थलनजिक ड्रोनबाट आक्रमण गर्दै ईरानको अल–कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई निशाना बनाएर हत्या गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार